पर्सा । सशस्त्र प्रहरी बलकाे पर्सा स्थित १३ नम्बर गणका घुमुवा सहायक हवल्दार जितेन्द्र सहनी बर्दिबास स्थित बाहिनीमा तानिएका छन् ।

उनले एउटा रेष्टुरेन्टमा बसेर आइजिपी राजु अर्याल र एसपी सुमन थपलियाकाे बारेमा बाेलेकाे भिडियो कुरा सार्वनिक भए पछि बाहिनी तानिएका हुन ।

रेष्टुरेन्टमा बसेर के भनेका थिए भन्ने कुरा भिडियोमा सुन्न सक्नुहुन्छ । पर्साकाे एसपी सुमन थपलिया चिफ सापकाे दाहिने हात भएकोले हामीलाई कसैले केही गर्न सक्दैन भन्दै गरेको सुन्न सकिन्छ ।कुनामा बसेर चुरोट तान्ने सशस्त्र पर्साका घुमुवा सहायक हवल्दार जितेन्द्र सहनी हुन ।एसपी थपलियाले असई काे कमान्डमा चार जनाको घुमुवा टाेली परिचालन गरिसकेका छन् ।

ती घुमुवाहरूमा असईहरू गजेन्द्र राउत , रामकेवल राय यादव बरिस्ठ हवल्दार जितेन्द्र यादव र सहायक हवल्दार जितेन्द्र सहनी छन् । यो भिडियो नवजनप्रहार साप्ताहिकले पहिलोपटक सार्वजनिक गरेको थियो ।