जनकपुरधाम । पर्साको लुठा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सागढ़ी नगरपालिका–८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमार रहेको प्रहरीले जनाएको छ ।

उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिले बिहीबार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

मृतक चमारको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।