जनकपुरधाम । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

आइतबार जिल्ला शाखा धनुषाको ८ औ जिल्ला अधिवेशनले सरोज कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।प्रथम उपाध्यक्षमा प्रकाश धमला, द्वित्तीय उपाध्यक्षमा श्रवण कुमार यादव र सचिवमा प्रेमचन्द्र शिवहरे रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा वीरेन्द्र कुमार मिश्र, सह-सचिवमा बजरंग यादव रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा जय प्रकाश यादव, नवकान्त झा, जयचन्द्र प्रसाद साह, राजेश महासेठ, रामजीवन साह, वीरेन्द्र कुमार महतो, मनोज कुमार साह, दीपेन्द्र मण्डल, रामसागर साह, अजय साह, अरविन्द कुमार साह, दयानन्द साह, गुरुशरण महतो र सन्त लामा रहेका छन् ।