गौर । जिल्ला कारागार कार्यालय गौर, रौतहटमा कैदीहरूसँग कुरा गर्दा यस्ता गुनासोहरू बताएका छन् ।

कैदी मोहन साह कानु (देवाही गोनाही नपा ५ ), बिष्णु यादव
१. जेल भित्र दर्जनभन्दा बढी कैदीहरूबाट कैदी चौकीदार पवन यादवले १ देखि ५ लाख सम्म रकम लिएको छ ।

२. पवन यादव र उहाँको ग्रुपमा रहेका सहयोगी नाइकेहरूले कैदीहरूको घरबाट आफन्तले रकम लिएर आउछन् त्यो रकम गेटमा खोसि हाल्छ पछि माग्दा दिदै उल्टै धम्की दिन्छ, सबै नाइके मिलेर कुटपिट गर्छन् ।

३. नाईकेहरूले कारागार भित्र एउटा समूह संचालन गरेका छन् उनीहरूको यति धेरै धाकधम्की चल्छ कि भित्र जेसुकै गर्न सक्छन अनि गरेको पनि छ कसैले डरले बोल्दैन बोल्यो भने सिधै ३ देखि ४ जना नाईके मिलेर पाइपले शरीरमा दाग नदिख्ने गरि हिसाबले कुटपिट गर्छन् अनि कहै कतै केही गुनासो गर्यो भने धेरै एतना दिन्छ ।

कैदी बिष्णु यादवका अनुसार
४. जेलभित्र कोही कैदी स्वतन्त्र छैन, चौकीदार पवन यादव र जेलर शम्भु यादवको डरले थरथर काप्ने गर्छन् ।

मसँग जेलमा सहयोग हुन्छ भनेर पवन यादवले १ लाख ३० हजार रकम लिएको उनले बताए ।

५. मनोज बैठासँग विभिन्न काम गराइदिने मुद्दामा सहज बनाउने भनी कैदी चौकीदार पवन यादवल ४ लाख लिएको छ रकम फिर्ता माग्दा धम्की दिने कुटपिट गर्ने ।

६. कैदी रामबाबु पासवानसँग ४ लाख ३० हजार पवन यादवले लिएको छ ।
७. खाना पिनाको धेरै समस्य छ डबल स्केलको दरले ८ सय ५० रूपैया एक सप्ताहमा तिरिन्छ तर खाना भनेको जस्तो खुवाउदैन ।

८. कैदी बन्दीहरूले भित्र भइरहेको गलत क्रियाकलापको बिरोधका केही बोल्यो भने सरूअवाको डरत्रास देखाएर शोषण गरिरहेका छन् ।

९. नेपाल सरकारबाट आएको चिसोको न्यानो कपडा, पोष्टिक तत्व अहारको रकम सबै जेलर शम्भु यादव र नाईक पवन यादवले मिलेर खाइसकेका छन् ।

१०. कैदीको लागि भित्र उपलब्ध अौषधी एउटा पनि पाउदैन यहाँ अौषधीको नाममा एउटा सिटौलामोल समेत छैन तर रकम सरकारबाट आएको छ ।

११. गौर जेलभित्र राणा शासन भन्दा ठूलो शासन जेलर शम्भु यादव र चौकीदार पवन यादवको रहेको छ ।

१२. कारागार भित्र आवाज उठाउने माथि विभिन्न दबाब दिने र रातिको समयमा षड्यन्त्र पूर्ण तरिकाले कुट्ने गर्छन् ।

१३. जेलभित्र गलत गतिविधिको बारेमा कसैले बोल्न चाहे भनेर वाइरिङ्ग गर्ने कालो पाइपले कुटपिट गरि चरम एतना दिने गर्छन् ।