जनकपुरधाम । चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले सिरक बाँडेको छन् ।
नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका छन् ।
शीतलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साहको निकै टीकाटिप्पणी भइहरेको छ ।
नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए । उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए । तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।
उनले भने,-‘जाडो कुनै एक सिजनमा जाने कुरा होइन । त्यसैले सिरक बाँड्न छुट्ट्याएको बजेट फ्रिज हुनबाट बचाउन र आफ्नो वडावासीले सुविधा समेत पाओस् भन्ने उद्देश्यले चैतमै भए पनि सिरक बाँडेको छु ।’
Discussion about this post