जनकपुरधाम । धनुषा प्रहरीले हराएको मोटरसाईकल फेला पारी धनिलाई जिम्मा लगाएको छ ।

चैत ६ गते महोत्तरीको लोहरपट्टी नगरपालिका -०७ का  शिव शंकर साहको ज.३ प ९८३६  नम्बरको मोटरसाईकल जिल्ला अदालत अगाडीबाट  मोटरसाइकल चोरी भएको थियो ।

सो सूचना प्राप्त भएपछि खोजविनको क्रममा आज ७ गते मंगलबार  फेला पारेको छ ।

उक्त मोटरसाईकल धनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।