No Result
View All Result
उमेश कुमार साह
सप्तरी (बोदे बर्साईन ) : सप्तरीको बोदे बर्साईन नगरपालिकामा यस बर्षको पालिकाकै सबै भन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्णको लागि शिलन्यास गरिएको छ ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर –२ बैरियामा निमार्ण थालिएको सातसय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरको कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको हो ।
बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले आलुको पकेट तथा अन्य तरकारी क्षेत्र मानिएको बोदे बर्साईनका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि बोदे बर्साईनका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने दाबी गरे ।
नगर प्रमुख यादवले नगरपालिकाको तथा संघ सरकारको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।
करिब ९ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु १ करोड, ९४ लाख १० हजार ४९९ रहेको छ । कोल्डस्टोरको प्रथम चरणको कार्यसंगै सो रकमबाट हाल प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने बोदे बर्साईन नगरपालिकाका इन्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।कार्यक्रममा वडा अध्यक्ष राम प्रसाद राम , वडा सदस्य सुरेन्द्र यादव लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो
कोल्डस्टोरको निमार्णपछि नगरपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । असाढ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि भक्तपुर स्थित बिश्व बैभव कन्टेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर दिनेश ठाकुरले बताए ।
No Result
View All Result
Discussion about this post