जनकपुरधाम । गाउँपालिका अध्यक्ष जयकुमार यादव विवादको घेरामा परेका छन् ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा आयोजित पालिका स्तरीय क्रिकेट टुनामेन्ट सुरु देखि नै विवादको घेरामा रहेको गाउँपालिकाका एक स्थानीय इन्द्रेश कुमार यादवले बताएका छन् ।

टुनामेन्टमा गाउँपालिका अध्यक्ष मनोमानी ढंगले आफू राजि खुशि जुन टिमलाई मनलाग्यो त्यस टिमलाई दिने गरेको र जुन टिमसंग म्याच गराईदिने क्लबले बनाएको विधान अनुसार नचलेको स्थानीय यादव बताउँछन् ।

यस्ता कार्यबाहेक अरु थुप्रै कार्यहरु नगरेको गतिविधि सबैको समक्ष जानकारी नै होला भन्दै यादवले आफ्नो सामाजिक सञ्जालमा लेख्दै यसैबीच केही दिन अगाडि मात्रै सेमिफाइनलको खेलमा अम्पायरले सुरु देखि नै पालिका अध्यक्षको मनोमानी ढङ्गले शिवशक्ती टिमलाई बिना कुनै ढंगले कार्य गरेको प्रति निणर्य सुनाउदा विवाद भएको थियो।

र सो समयमा पालिकाले निकालेको नियम अनुसार टुनामेन्टमा कुनै किसिमको विवाद हुँदा त्यसको निणर्य पालिकामा नगरी ग्राउण्डमा नै उक्त विवादको समाधान गर्ने कानून आफूले नै बनाइ उक्त नियम नमानी सेमीफाइनलमा पुगेको शिवशक्ति टिमलाई गाउँपालिकामा बसेको बैठकद्वारा बाहिर गर्ने निणर्यको घोर विरोध गर्दछु भन्दै लेखेका छन् ।