जनकपुरधाम । राज्य पक्षबाट नै मानव अधिकार रक्षक असुरक्षित रहेको कुरा कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले बताएका छन।
मानव अधिकार रक्षकको अवस्था बारे प्रदेश स्तरीय समिक्षा बैठक तथा कार्यशाला गोष्ठीमा सहभागी मानव अधिकारकर्मिहरुले राज्य पक्षसंग सम्मान ,सुचना र सुरक्षा दिन माग गर्नुभयो ।

सहभागीहरुले राजनीति दलका नेताहरुको दबाब कारण पनि पिडितहरु न्याय पाउनबाट बन्चित रहेको कुरामा जोड दिएका छन।
प्रहरी को महिला सेल पिडित मैत्री नरहेको कुरा अधिकांश सहभागीहरुले बताएका छन।

प्रदेश स्तरीय महिला संजाल का अध्यक्ष श्याम कुमारी साह को अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा मधेस सरकार का कानुन मंत्री राजकुमार लेखी,प्रदेश सांसद रामअशिष यादव ,राष्ट्रिय मानव अधिकार मधेस प्रदेश का प्रमुख मन्जु खतिवडा ,ईनसेक प्रदेश संयोजक राजु पासमान ,मिडिया काउन्सिल मधेस प्रदेश का प्रमुख कैलाश दास सहित वक्ताहरूले मानव वातावरण प्रदुषण र मानव अधिकार रक्षकको अवस्था सम्बन्ध विचार व्यक्त गरेका छन।
सो कार्यशाला गोष्ठीमा मधेस प्रदेशका अाठ जिल्ला का मानव अधिकारकर्मिहरुको सहभागिता कुरा कार्यक्रमका संचालक पत्रकार दिपेन्द्र सिंह ले जानकारी दिएका छन।