उमेश कुमार साह ।
बोदे बर्साईन नगरपालिकाले एक कार्यक्रम काे आयोजना गर्दे इजलास कक्षकाे उद्घाटन गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्यायिक समितिको क्षेत्राधिकार तथा न्यायिक प्रक्रियाको बारेमा उल्लेख भई स्थानीय स्तरमा न्यायिक सम्पादनको अभ्यास गरिदै आएको थियोे ।

साेहि अनुरुप बोदे बर्साईन नगरपालिकाले न्यायिक समिति मार्फत स्थानीय स्तरमा रहेका न्यायिक समस्याहरुको छलफल र न्याय सम्पादन गर्द आईरहेकाे थियो । सहज र सरलका लागि बोदे बर्साईन नगरपालिकाले इजलास निर्माण गर्नेका लागि एक कार्यक्रम आयोजना गर्दे पालिका ले इजलासको उद्घाटन गरेको छ । कार्यक्रम काे प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाकि उप-प्रमुख रेणु कुमारी साहका अनुसार न्याकाे अगाडि काेहि पनि सानाे र ठुलाे नहुने र सबै समान रहने र न्याय भन्ने कुरा न्यायाधीश काे बपाैती काे विषय ह‌न न्याय सम्धित सराेकार वाला काे बिषय भएको प्रष्ट समेत पारेका छन । उनलेे भने बोदे बर्साईन नगरपालिका ले इजलास काे स्थापना गरेर सराहनीय काम समेत गरेको उनलेे बताए । कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत घनश्याम यादव , वडा अध्यक्ष राजकुमार यादव , सदस्य रेखा कुमारी सदा, कानुनी सल्लाहाकार गृन्द्र प्रसाद यादव, लगायतकाे उपस्थिति समेत रहेको थियो ।