जनकपुरधाम । जनकपुरधामको मुरलीचौक स्थित न्यूरो अस्पतालले गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

शहरमा रगतको अभाव नहोस र रक्तदान जीवन दानको भावना बढोस भन्ने उद्देश्यले अस्पतालले आफ्नो भवन प्राङ्गणमै गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।

सो अवसरमा अस्पतालका अध्यक्ष ई.अजय राउत, न्यूरो सर्जन डा.विजय राउत, बजार व्यवस्थापक सञ्जय कुमार मण्डल र राघवेन्द्र साहसहित अस्पतालका कर्मचारी, नर्श, चिकित्सक र बिरामीका कुरुवाहरुले समेत रक्तदान गरेको जनाइएको छ ।