बारा । दुईवटा मतपत्र खसाउन खोज्दा बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव छन् । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रहरीले जसपा नेता यादवलाई पक्राउ गरेपछि सो पार्टीका स्थानीय नेता कार्यकर्ता पनि लफडा गर्न खोजेका थिए ।

तर तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदानमा अवरोध नभएको बुझिएको छ ।