जनकपुरधाम । धनुषा चेम्बर अफ कमर्सले समितिलाई विस्तार गरी नयाँ कार्य कार्य समितिको गठन गरेको छ ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका – ४ मा बसेको बैठकले २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मति गठन गरेको छ ।
चेम्बर अफ कमर्स धनुषाका अध्यक्ष विजय कुमार साहका अनुसार बरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, सचिव , कोषाध्यक्ष, सह कोषाध्यक्ष पदमा पुरानै व्यक्तिहरु यथावत रहेको र ९ जना सदस्यहरुलाई थप गरी नया कार्य समिति गठन गरिएको छ ।
नव गठित कार्यसमितिको अध्यक्षमा विजय कुमार साह, वरिष्ठ उपाध्यक्षमा सरोज कुमार मिश्र, उपाध्यक्षद्व्यमा हीरा पुर्वे र सलामत राइन, महासचिवमा कृष्ण देव महतो, सचिवमा बिजय साह,सह-सचिवमा दीपनारायण साह,कोषाध्यक्षमा उज्जवल अग्रवाल, सह-कोषाध्यक्षमा जानकी रमण झा रहेका छन्।
त्यसैगरी, समितिका सदस्यहरुमा श्रवण कुमार साह,बिनोद कुमार साह,शंकर प्रसाद साह,राजुकान्त कापड,मिथिलेश झा , जीतेन्द्र प्रसाद साह, चेतना शर्मा,दीपेन्द्र ठाकुर,ध्रुब कुमार साह,राजेश कुमार यादव , मुकेश महासेठ, बिट्टू कुमार चौधरी,श्रवण कुमार महतो,नवीन कुमार झा, बिकास कुमार साह तथा उमेश कुमार साह रहेका छन् ।
Discussion about this post