जनकपुरधाम । धनुषा प्रहरीले चोरीको आरोपमा दिनकै दिन मानिसहरु पक्राउ गरिरहँदा चोरीको घटना भने रोकिएको छैन ।

पछिल्लो पटक प्रहरी गस्ती भइरहेको नजिकबाट दूरीमै ट्याक्टर चोरी भएको घटना बाहिर आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-११ मिल्स एरिया चोकमा रहँदै आएको प्रहरी गस्ती टोलीभन्दा मात्र १ सय ५० मिटरको दूरीमा ट्याक्टर चोरी भएको छ ।

बिहीबार राति १ बजे राम इन्टरप्राइजको नाममा लिएर ट्रैक्टर चलाउँदै आएका सरोजकुमार साहको घर नजिकै ट्याक्टर चोरी भएको प्रहरीले जनाएको छ ।

प्रदेश २-०२-००१त २१३३ नम्बरको सोनालिका ट्याक्टरउनले घर नजिकै पार्क गरेर राखेका थिए । यद्यपि प्रहरी गस्ती हुने ठाउँबाट केही दुरीमै चोरहरु ट्याक्टर चोरेर भाग्न सफल भएका छन् ।