जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मितिमा हराएको दुई वटा मोटरसाइकल फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।

विगत जेठ २० गते जनकपुरधामको गंगागार पोखरीको डिलबाट धनुषाको लक्ष्मिनिया-७ का धीरेन्द्र झाको मोटरसाइकल चोरी भएको थियो ।

ज.१२ प ३३३ नं. को कालो होण्डा साईन मोटरसाइकल प्रहरीले मंगलबार फेला पारेर सम्बधित धनीलाई बुझाएको छ ।

त्यसैगरी, जेठ ११ गते जनकपुरधाम उपमहानगरपालिका-६ का बब्लु मेस्तरको प्र.२-०२-००१ प ४४१० नं. को अपाचे मोटरसाइकल मालपोत कार्यालय जनकपुरधामबाट चोरी भएको थियो ।

सो मोटरसाइकल पनि मंगलबारै फेला पारेर सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रसाद गौत्तमले जानकारी दिएका छन् ।