जनकपुरधाम । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा न्यायिक समितिलाई गुनासो निवारण संयन्त्रमा क्षमता विकास वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय पुष्पवाटिका एजुशेशनल एकेडमीमा लक्ष्मीनियाँ गाउँपालिकाको वन तथा वातावरण शाखले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले वन जंगलको संरक्षणमा जोड दिदैँ वनले पनि आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मिश्रले खेता योग्य नरहेको जग्गामा वृक्षरोपण गरी आर्थिक आdम्दनी लिनसक्ने बताए ।
कार्यक्रममा सहभागी रहेका मधेश प्रदेश वन निर्देशनालयका उपसचिव सुजित झाले वनको माध्यले जनताको जीवन स्तर उकास्न नेपालका तीनै तहका सरकारले सम्वृद्धिका लागि वन परियोजना संचालनमा रहेको बताए ।
नेपाल सरकार र विश्व बैंकको बीचको सम्झौता अनुसार यी कार्यक्रममा संस्थागत विकास, संस्थागत सुशसानसहित विभिन्न चार क्षेत्रमा काम हुने उनले बताए ।
लक्ष्मीनियाँ गाउँपालिका उपाध्यक्ष फुलकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव सहित गाउँपालिकाका सात वटै वडामा कार्यपालिका सदस्यहरु तथा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।
Discussion about this post