जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकामा बुधबार ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा गाउँपालिका -४ का ३५ वर्षीय कृष्णकुमार मिश्र रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको छ ।

उनी आफै खेत जोतिरहेको र ट्र्याक्टर ढल्दा उहाँ च्यापिनुभएको प्रहरीको भनाइ छ ।

घटना भएको खबरपछि स्थानीयले उद्धार गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।