जनकपुरधाम । जनकपुरधामका प्रतिष्ठित अस्पताल जनकपुर न्यूरो अस्पताल र  मंगलम डाईग्नेस्टिक सेन्टरबीच व्यवसायिक सम्झौता भएको छ ।

सोमबार भएको उक्त व्यवसायिक सम्झौतामा जनकपुर न्यूरो अस्पतालका निर्देशक डा. विजय राउतले काठमाडौँ र दिल्ली जाने बाध्यता हटेको बताए ।

त्यस्तै मंगलम डाइग्नेस्टिक सेन्टर प्रा. लिको तर्फबाट व्यवस्थापक श्याम कुमार निधिले हामी अझै धेरै अस्पताल तथा वित्तीय संस्थाहरुसंग सहकार्य तथा समझौता गर्ने र आगामी दिनमा अपग्रेडेड प्रयोगशाला सेवा दिने बताए ।