• सरोज मिश्र

जनकपुरधाम । बाक्य स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको अधिकारसंगै शान्तिपूणर् विरोध गर्ने अधिकार नेपालको संविधान २०७२ को भाग-३ धारा १७ को उपधारा १ र २ ले दिएको छ ।

सरकार, सरकारका कुनै अंग, कुनै सरकारी, गैर सरकारी निकाय, संघ, संस्था , कर्मचारी, जनप्रतिनिधि वा कसैले केही गलत काम, भ्रष्टाचार, अपराध आदि गरेमा स्वतन्त्ररूपले बोल्न, लेख्न, विरोध गर्न सक्ने अधिकार सुनिश्चित गरिएको प्रमाण नेपालको संविधान हुँदा हुँदै पनि संविधान विपरित जनप्रतिनिधि एवं प्रसाशनिक निकायले आफ्नो पदीय दम्भ देखाउने गरेको उदाहरण बेला बेला हेर्न र भोगन बाध्यता रहेको छ ।

मधेश प्रदेशमा अहिले यस्तै प्रकारको घटनाहरु बढ्न थालेको छ । धार्मिक आस्था विपरीत जानकी मन्दिरको प्रांगणमैं प्रदेशका मुख्यमन्त्रीको ठूलो बैनर, परिक्रमा स्थलहरु को चित्रण गरिएको ब्यानरमाथि लगाउनु र त्यसको विरोध युवाहरुले गरे पनि नहटाउनु। बाध्य भएर युवाहरुको समूह द्वारा त्यो ब्यानर हटाए पश्चात प्रहरी लगाएर समात्न लगाउनु कहाँको न्याय हो ।

मुख्यमन्त्रीको क्रियाकलापसंग असन्तुष्ट युवाले सामाजिक संजालमा उनी विरुद्ध स्टेट्स लेखेकै आधारमा पुलिसद्वारा समात्न लगाइ र रात भर थुनामै राख्नु।

अहिलेको चित परिचत र ताजा घटना महोत्तरी, जलेश्वर नगरपालिकाको नगर प्रमुख अर्थात लोकल भाषामा मेयर भन्ने वितिक्कै नगरपालिकाको राजा बुझ्ने गरिन्छ ।

मेयर साहको क्रियाकलापबाट असन्तुष्ट युवा अभियानी एवं पत्रकार बद्रीनाथ झाले आफ्नो सामाजिक सञ्जालमा स्टेट्स लेखेकै भरमा उनी माथि विद्यतीय अपराधको मुद्दा लगाई मंगलबारसम्म छ दिनदेखि अपराधि सरह थुनामा राख्नु लोकतन्त्रको मजाक मात्र होइन कि संविधानको खिल्लीसमेत उडाउनु हो ।

जलेश्वर नगरपालिकाका मेयर भूतकालमा जग्गा जमीनको व्यापार गर्ने एउटा नाम चलेकै ठूलै ब्रोकर थिए । प्रायः जसो जग्गा जमीनको कारोबार गर्ने पात्रहरु झूठो बोलेर बढ़ी कमिशन खाने दाउदेखि लिएर झूठ साँच सबै बोल्ने र गर्ने नै हुँदा राहेछन्।
विभिन्न सरकारी निकायमा राम्रो पहुँच बनाई सकेका र धन आर्जन गर्ने विभिन्न उपायहरु जानेका पात्र हुन्छन् ।

जलेश्वर नगरपालिकाले यस पाली मेयरको साटो व्यापारी पाएका छन्। जसले विशुद्ध रुपमा आफ्नो ब्यक्तिगत रिशभी, ईर्ष्या द्वेष र आक्रोश पोख्ने काम गर्दछन जुन जनप्रतिनिधि अर्थात कुनै समाजमुखी व्यक्ति व्यक्तित्वले गर्दैनन र गर्न पनि सुहाउदैन।

हालमै अख्तियार दुरुपयोग अनुसंधान आयोगले जलेश्वर नगरपालिकाबाट सम्पन्न भइ सकेका अधिकांश योजनाहरुको फाइल छानबिनको लागि लागेको अवस्था छ ।

जसमध्ये
१.स्ट्रेट लाईट सम्बन्धी फाइल
२.औषधि खरीद प्रक्रिया
३. लम्पि स्किन खोज सम्बन्धी
४. पूणर् साक्षर नगरपालिका घोषणा अभियान लगायतका अन्य फाइलहरु पनि अनुसन्धानको लागि लागिएको छ।
विभिन्न सञ्चार माध्यम, अनलाइनलगायतमा भ्रष्टाचार भएको, गरेको भनेर समाचार आइ सके पश्चात बद्रीनाथ झाले भ्रष्ट मेयर भनेर लेखदा के अपराध गर्यो र ?

विगत छ दिनदेखि समाजका भद्रभालादमी, पत्रकार, नागरिकसमाज, युवाहरुले मेयरलाई आग्रह अनुरोध गर्दा पनि भाउ खानु र पदीय विरोधलाई निहीत आफ्नो विरोध गरेको भनेर बुझ्नु मूर्खता हो ।

राजनीतिकर्मी वा समाजसेवीमा यो अहंकार वा दम्भ राम्रो मानिदैन किन भने बिग्रेको कुरा, व्यक्ति मिलाउने, सुधारने पो राजनीति हो।

बद्रीनाथ झा एउटा मिहिनेत, लगनशील, संघर्षशील, आंटीला युवा हुन । मधेश आन्दोलनमा उनको योगदान सराहनीय छ ।
विगतमा मेयर साहबको पक्षमा बद्रीनाथ झा र उनका भाई केदारनाथ अरुसंग भिड्न पनि तैयार रहने गरेका थिए ।

निर्वाचनदेखि केही दिन अगाडिसम्म पनि उनीहरुको मेलजोल थियो। कुनै कुरामा मतभेद भएर नै यो अवस्थाको सृजना भएको हो भने यो नहुनु पर्ने थियो किन भने मेयर साहबको प्रतिष्ठा र उदारता माथिको प्रश्न पनि हो। यति सानो कुरालाई पछाउँन नसक्ने मेयरले नगरबासीको गुणासो, आक्रोश कसरी पछाउँन सक्छन ? पचाउँन नसकेपछि मेयरले पूरै नगरबासी माथि मुद्दा चलाएर थुन्न् लगाउने हो कि, विचार गर्नुपर्ने कुरा हो।

आश्चर्य त त्यस क्षेत्रका युवाहरु माथि लाग्छ बल्कि दया लागेर आउँछ, किन चुप लागेर बसेका होलान । कित्ता कित्तामा विभाजित भएर की पार्टीगत, नेतागत रुपमा विभाजित भएर हो की । बुझ्नुपर्ने कुरा के हो भने गलत कुरा वा गलत तत्वको विरोध गरे वापत, मेयरलाई भ्रष्ट भने वापत यदि आज बद्रीनाथलाई सजाय भोगनु परेकोछ भने भोलि अरु कोही भोगने छैनन् भन्न सकिदैन।

यस्ता कुराहरु घटनाहरु प्रति गम्भीर भएर गम्भीरतापूर्वक जो जहाँ भए पनि एक ढिक्का भइ कड़ा रुपमा प्रस्तुत हुनुपर्छ अनि मात्र गलत व्यक्तिहरुको मनोबल घटछ।

जलेश्वर नगरपालिकाको दुर्भाग्य हो जनप्रतिनिधि नपाएर यसपाली जग्गा जमिनको ब्यापारी पाएका छन अर्थात विशुद्ध रुपमा आफ्नो नाफा नोकसान हेर्ने पात्र।

जसलाई न समाजबाद को ज्ञान छ न रासजनीति शास्त्रको अवगत, अनि त्यसले मां प्रतिष्ठा , मर्यादा र समाजको अर्थ के बुझोस। जनताको भलो, नगरको उन्नति प्रगति, बिकास गर्नुको साटो यस पदमा बसेर पनि बिगत कै कारोबार झै आफ्नो नाफा खोज्नेको बिरोध गर्नु स्वाभाविक पनि हो र गर्नु पनि पर्छ। संविधानले समेत यो अधिकार लिखित रुपमा उपलब्ध गराएको छ।

अहिले पनि समय बाँकी छ सुधरे इज्जत जोगिन्छ नसुधरे झन बर्बाद हुनेछ। निणर्य स्वयम् उनकै हातमा र नगरबासी को हातमा छ। बद्रीनाथले नगरेको अपराधको सजाय भोगे ठीक कि सत्य बोलेकै कारण मेयरले पेल्नु ठीक ?