जनकपुरधाम । जनकपुरमा आज(शुक्रबार) भूमि फोक फेस्ट नामक साँगितिक कार्यक्रम हुने भएको छ ।
भूमि मिडिया प्रा.लिको आयोजनामा शुक्रबार जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको सो लोक महोत्सवमा भोजपुरी सिने जगतकी दिग्गज कलाकार कल्पना पटवारी आउने भएकी छन् ।
भोजपुरी गायनमा वरिष्ठ गायकको दर्जा पाएकी चर्चित एवम् प्रसिद्ध गायिका कल्पना पटवारीको प्रस्तुति हुने भएपछि हजारौँको सँख्यामा भीड ओर्लने आयोजकले विश्वास लिएको छ ।
भूमि फोक फेष्टमा कल्पना पटवारीसहित दिग्गज गायक मानिएका जनकपुरका ललित कामत, शिवानी भगत, देव अहिराव, नेपाली मोडेलहरु, सिने जगतका कलाकारहरुलगायत दर्जन बढी चर्चित कलाकारहरुले प्रस्तुति दिने भएको छ । कार्यक्रममा माटोपानीसँग जोडिएको साँस्कृति कार्यक्रम हुनेछ ।
कार्यक्रममा सँचारकर्मीद्धय घनश्याम मिश्रा र रिँकु गायत्री मिश्राले एँकरिँग सँचालन गर्ने भएको छ । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
Discussion about this post