उमेश कुमार साह : २४ मङ्सिर

सप्तरी । बोदे बर्साईन नगरपालिकाको आयोजनामा एक कार्यक्रमका बीच आइतबार लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ ।

मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिन विभिन्न कार्यक्रम गरी लैंगिक बिरुद्धको अभियान आज भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिने बोदे बर्साईन नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिककी कार्यवाहक नगर प्रमुख रेणु कुमारी साह रहनुभएको थियो । सो अवसरमा हिंसा महिला माथी मात्रै हुँदैन पुरुषहरु लाई पनि हुन्छ साहले भन्नुभयो ।

सो कार्यक्रम बोदे बर्साईन नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको अध्यक्षतामा रहनुभएको थियो ।

कार्यक्रमका बिशिस्ट अतिथी बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले भने हिंसा भएको वा देखेमा सम्बन्धित स्थानमा सूचना गरी सहयोग गर्नुपर्ने प्रमुख यादवले बताउनुभयो । यस्ता कार्यक्रमहरुले समाजमा चेतना अभिवृद्धि गराउन सहयोग पुर्याउने यादवको भनाई थियो ।

कार्यक्रममा प्रमुख यादवले भने स्वाभिमान पुर्वक बाँच्न सबैले पाउन पर्ने बताउनुभयो । हिंसा विरुद्ध एकबद्व भएर लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिकाको भवनबाट सुरु भएको र्यालीले बोदे बर्साईन बजार परिक्रमा गरि पुनः अनसन चौतारीमा आइ कार्यक्रम गरेको थियो ।

उक्त र्यालीमा ’महिला हिंसा अन्त्य गरौं’, ’सामाजिक न्यायको प्रवर्द्धन गरौं’, ’बाचौं, बचाऔ, अन्यायको विरुद्ध एक हौं’ लगाएतका नारा लेखिएको प्ले कार्ड सहित बोदे बर्साईन बजार परिक्रमा गरिएको हो । कार्यक्रममा म हिंसा गर्दिन भन्ने प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरिएको थियो ।