जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकार रोहित खनालमाथि भएको दुव्र्यवहार गरेको घटनामा यस शाखाको ध्यानाकर्षण भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर क्षेत्रलाई पत्रकारिता गर्दै आएका पत्रकार खनाललाई प्रहरीले दुरव्यवहार गरेको छ ।

पत्रकार खनाललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत हबल्दार वीरेन्द्र यादवले दुव्र्यवहार गरेका छन् ।
बुधवार एक सूचना जारी गर्दै खनालमाथि भएको दुव्र्यवहार घटनाको दोषी उपर कारबाही गर्न सम्बद्ध निकायलाई ध्यानाकर्षण गराइएको छ ।

सँचारकर्मी खनालले शनिवार विहान आफ्नो खेतिवारि सम्बन्धी समस्या बारे निवेदन दर्ता गराउन जाँदा प्रहरी हल्दार यादवले गाली गलौच गर्दै दुर्व्यवहार गरेको आरोप लगाईएको छ ।

पीडित पत्रकार सम्राटको अनुसार आफू र आफ्नो परिवार प्रति वारम्बार भौतिक आक्रमणको धम्की आउदै गर्दा शान्ति सुरक्षा पाउँ भनि निवेदन दर्ता गराउन इप्रका पुगेको बेला हल्दार यादवले अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरि प्रहरी विट वाहिर निकाल्ने वरवरतापूणर् धम्की दिएका छन् ।

 

हबल्दार यादवले आफूलाई हातपात गर्ने प्रयास समेत गरेको तर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्ष दिपक कार्कीले रोकेपछि आफू जोगिएको बताए । उनले घटना हुँदा प्रनि कार्की त्यहि उपस्थित भएको बताइएको छ ।