जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नक्कली साईन गरेर ९ जना कर्मचारीलाई हटाईएको खुलासा भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उपरकोटी विदामा रहेको बेला उनको नक्कली हस्ताक्षर गरी करारका कर्मचारीहरुलाई हटाएको पाईएको छ ।

▶️प्रष्ट र विस्तृत विश्लेषण केही आधार सहित जनतासमक्ष ⚠️

असार मसान्तको भुक्तानी सकेपछि विदामा गएका अधिकृत उपरकोटीले सोही गाउँपालिकाका कर्मचारी विकरु यादवलाई निमित्त अधिकृत बनाएर गएका हुन् ।

अधिकृत उपरकोटी विदामा घरमै हुँदा उनको नक्कली हस्ताक्षर गरी केही कर्मचारीहरुलाई हटाईएको पाईएको छ । यस सन्दर्भमा अधिकृत उपरकोटीलाई फोन गर्दा उनको फोन उठेनन्  । यता, निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका बिकरु यादवले भने अधिकृत उपरकोटी विदामा घरमै रहेको प्रष्टयाए ।

२०८१ साउन ०१ गते काटिएको एक पत्रमा चलानी नं. ९ मा करारका कर्मचारीलाई हटाएको पत्रमा उनको हस्ताक्षर पाईएको छ । सोही दिनको अर्को पत्रमा निमित्त अधिकृतको समेत हस्ताक्षर पाएपछि नक्कली हस्ताक्षर गरी स्क्याम गरिएको आरोप लगाईएको छ ।

साउन २ गते बुधबार गरिएको हाजिरी प्रमाणितको क्रममा समेत अधिकृत उपरकोटीको उपस्थिति देखिएको छैनन् । विकरु यादवको उपस्थिति भने देखिएको छ । विकरु यादवले आफू वडाहरुलाई काटेको पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेको हाकिम उपरकोटी अझै पालिका नआएको र भोली साँझसम्म मात्रै आउने बताए ।

राजनीतिक शक्तिको दुरुपयोग गरी केही जनप्रतिनीधिहरुले नै हाकिमको नक्कली साईन गरेर आफ्ना अनुकुल नभएका कर्मचारीहरुलाई सेवाबाट हटाएको आरोप छ ।

यता, गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले कर्मचारी हटाएको, हाकिम आएको नआएको बारे अनभिज्ञता प्रकट गरे ।