जनकपुरधाम । लुम्बिनी विकास बैंक जनकपुर शाखाका ब्राञ्च मेनेजर किरण बहादुर उम्रा मगर ग्राहकसँग करोडौँ पैसा सापटी लिएर फरार भएका छन् ।

लुम्बिनी विकासका मेनेजरले  बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर करिब एक साल अघिदेखि उम्रा मगर फरार रहेका हुन् ।

धनुषा गनेशमान चारनाथ नगरपालिका–३ जुरी बजार हाल जनकपुरधाम उपमहानगरपालिका -१४ रजौला घर भएका उम्रा मगर दर्जनौं व्यक्तिको पैसा सापटी एकसाल देखि सम्पर्क विहिन बनेका खुलेको छ ।

उम्रा मगर सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् ।

बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका उम्रा मगर एकाएक बेपत्ता भएका हुन् । उम्रा मगरले एकै व्यक्तिबाट ९२ लाखसम्म सापटी लिएको चर्चा छ ।

उम्रामगरले  कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको धनुषाको मिथिला नगरपालिका–८ कुसुमबिसौनाका  सिकिन्द्रकुमार महतोले बताए ।

उम्रा मगरले महतोबाट केही दिनमा फिर्ता गर्नेगरी ३० लाख सापटी लिएका थिए ।

उनले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्ने गरेको महतोले  बताए ।
उम्रा मगरलाइ कतिजनाले धनुषा जिल्ला अदालतमा  ठगी तथा  बैंकिङग कसुर दिएर दिएका थिए र त्यो मुद्दा जितिसक्दा पनि पैसा फिर्ता भएको छैन ।

उम्रा मगर माथी पक्राउ पुर्जी समेत रहेको छ ।
महतोले  व्यापारीदेखि आफ्नै सहकर्मीसँग पनि पैसा सापटी लिएको बताइएको छ ।

सम्पर्क गर्दा उम्रा मगरको  मोबाइल नम्बर  समेत स्विछ अफ छ ।