एजेन्सी । अमेरिकाको ओहायो राज्यमा गभर्नर पदको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार विवेक रामास्वामी पराजित भएका छन्। उनलाई डेमोक्रेटिक पार्टीकी उम्मेदवार एमी एक्टनले पराजित गर्दै गभर्नरमा जित हासिल गरेकी हुन् ।
यस जितसँगै एक्टन पछिल्लो २० वर्षमा ओहायोको गभर्नर बन्ने पहिलो डेमोक्रेटिक उम्मेदवार बनेकी छन्। उनी राज्यको इतिहासमा गभर्नर निर्वाचित हुने पहिलो महिला पनि बनेकी छन् ।

निर्वाचनमा रामास्वामीलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले समर्थन गर्दै चुनावी अभियानमा मत मागेका थिए। त्यस्तै, एक्टनको पक्षमा पूर्वराष्ट्रपति बाराक ओबामा पनि चुनावी अभियानमा सहभागी भएका थिए।
ओहायो यसअघि रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेको राज्यका रूपमा चिनिन्थ्यो। राष्ट्रपति ट्रम्पले सन् २०१६, २०२० र २०२४ को राष्ट्रपतीय निर्वाचनमा ओहायोमा जित हासिल गरेका थिए।तर, यसपटक गभर्नर पदको निर्वाचनमा ट्रम्पको समर्थन पाएका रामास्वामी पराजित भएका छन्।