जनकपुरधाम । दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सेवामा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले जनकपुरधामस्थित तराई डेन्टल क्लिनिकले विशेष छुट योजना सार्वजनिक गरेको छ।

क्लिनिकले यस हप्ताका लागि दाँतसम्बन्धी सम्पूर्ण उपचार सेवामा ३० प्रतिशतसम्म छुट दिने विशेष अफर ल्याएको हो।

क्लिनिकका अनुसार दाँतको परामर्श (Dental Consultation), दाँत सफा गर्ने सेवा (Scaling) लगायतका उपचारमा विशेष छुट उपलब्ध हुनेछ।

डेन्टल सर्जन तथा कस्मेटिक/एस्थेटिक डेन्टिस्ट डा. मिशा महाशेठद्वारा सेवा प्रदान गरिने क्लिनिकले जनाएको छ।

दाँत तथा गिजासम्बन्धी समस्या भएका व्यक्तिहरूलाई समयमै विशेषज्ञसँग परामर्श लिन र मुख स्वास्थ्यप्रति सचेत रहन क्लिनिकले आग्रह गरेको छ।

साथै, छुट योजना यस हप्ताका लागि मात्र रहेको क्लिनिकको प्रचार सामग्रीमा उल्लेख छ।