MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’

मधेशटप by मधेशटप
२०७७ कार्तिक ८, शनिबार १३:३४
0
हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहनुभएको छ । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइहेका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोखे । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहराले हिउँदमा भने नबनहरा पुलमुनि बास बसिरहेका छन् ।

“ सुकुम्बासी बस्ती त नामको मात्रै हो”, उनले भने, “ वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुल मुनि नै हुन्छ ।” मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुल मुनि बास बस्नु परेको उनले बताए। “ राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं”, उनले भने, “ ती गाडीभित्रका ठुलाबडाहरु हामीलाई देखे नदेखे झै गर्छन ।” विगतमा मजदूरी गरेर जिविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् । “ कोरोना आएपछि त पेट पाल्न पनि धौ धौ हुने स्थिति आयो”, उनले भने, “ विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।”

उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोबास रहेको छ ।

सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भएपनि अझै पुर्नस्थापनाको कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ । “बस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भने, “ बस्ती पुर्नस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरेपनि सुनुवाइ भएन ।” त्यसैगरी बस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताए। “ सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उनले भने, “ परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।” सुकुम्बासी बस्तीमा रहेका विद्यालय समेत जादैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएपनि बस्तीका हकमा भने लागू नभएको बताए । आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । “ सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भने, “ बस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।”

Source: रासस
Previous Post

आज शनिबारको राशिफल संगै माता जानकीको दर्शन गरौँ !

Next Post

पाटन सील, देहिमाडौँ बन्द

Related Posts

रेशम चौधरी थुनामुक्त हुँदै
Banner News

रेशम चौधरी थुनामुक्त हुँदै

२०७७ कार्तिक ८, शनिबार १३:३४
हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष
समाचार

हेल्प मधेशी कतारले मनायो नयाँ वर्ष

२०७७ कार्तिक ८, शनिबार १३:३४
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक ८, शनिबार १३:३४
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक ८, शनिबार १३:३४
मधेसमा आज पनि होली
राष्ट्रिय

मधेसमा आज पनि होली

२०७७ कार्तिक ८, शनिबार १३:३४
बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ
समाचार

बालयौन दुरुपयोग आरोपमा शसस्त्र प्रहरीका सई पक्राउ

२०७७ कार्तिक ८, शनिबार १३:३४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति