महोत्तरी : महोत्तरी जिल्लाको सम्सी नाका बाट सशस्त्र प्रहरीले शुक्रवार अबैध लागू औषध बरामद गरेको छ। सशस्त्र प्रहरी सम्सीबाट सशस्त्र प्रहरी निरिक्षक गनेश न्योपानेको नेतृत्वमा निस्केको गस्ती टोलीलाई देखेर अबैध लागू औषध भएका पलास्टिकका झोला फायाकेर भगेको थिए।

बरामद अबैध लागू औषधमा नाइट्रोभेट १४ पिस, स्पासमो १५ पिस र एक्सप्लान २५ पिस रहेको छ। पक्राउ परेका लागू औषधलाई जनप्रतिनिधी र स्थानिय राजनिती कार्यकर्ताको उपस्थितीमा नेपाल प्रहरी सम्सीलाई जिम्मा दिएको छ।