काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै जसपाले काठमाडौंमा भएको विरोध प्रदर्शन गरेको हो।

शान्तिबाटिकाबाट शुरू भएको र्‍यालीमा शीर्ष नेताहरु डा.बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता छ ।