महोत्तरी : महोत्तरीमा नेपाल रजक सेवा समाजद्वारा जिल्ला स्तरीय बैठक सफलता पुर्वक सप्पन्न भएको हो। सामाजिक सुधार को विभिन्न सपना बोकेर देश तथा बिदेश मा रहेका नेपाली रजक जनसमुदाय को युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को गत पौष ११ गते शनिवार जिल्ला स्तरित बैठक प्रदेश नं. २ स्थित महोतरीको बलवा न. पा.-१ बनचौरी मा समाज सेवी श्री राजकुमार बैठा को सक्रियतामा भेला सम्पन्न भयो।

महोतरीको विभिन्न क्षेत्र बाट सहभागी भएका रजक जनसमुदाय को बुद्धिजीवी,समाजसेवी युवा तथा धनुषाबाट सहभागी भएका अतिथीहरुको सहभागीता एव श्री राजकुमार बैठाको अध्यक्षतामा ११ सदस्य समिती र ६ सदस्य सल्लाहकार सहित को नेपाल रजक सेवा समाज जिल्ला तदर्थ समिती महोतरी सर्वसम्मतिले चयन गरेको हो।

जिल्ला भेला द्वारा पारित नवगठित समितीमा अध्यक्ष- राजकुमार बैठा, उपाध्यक्ष- विनोद कुमार साफी, कोषाध्यक्ष – सुनिता देवी, सचिव- दिनेश बैठा, सहसचिव- आशा देवी, सदस्य- सजन कुमार साफी दिपेन्द्र कु. रजक, संतोष कुमार साफी, सरोज कुमार रजक र नन्द किशोर बैठा रहेका छन भने वरिष्ट सल्लाहकारहरु- देव शरण बैठा, राम उदार रजक, मोहन साफी , नथुनी साफि, रमेश प्रसाद रजक , फकिरचन बैठा रहेकाछन।

समाज को बुद्धिजीवी हरुले सामाजिक विभेद, सामाजिक बिकृती बिसंगती, सामाजिक कुप्रथा, अशिक्षा जस्ता बिषयलाई न्युनिकरण गर्न आ- आफ्नो मन्तव्य राखेका थिए। अन्त्य मा सेवा नै धर्म हो भन्ने नाराका साथ भेला सम्पन्न भएको वरिष्ठ सल्लाहकार राजकुमार साफिले बताउनु भयो।