जनकपुरधाम : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलि कुमारी महतो र नेकपा स्थायी कमिटी सदस्य एवं पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले धनुषामा एक पुलको समुदघाटन तथा विभिन्न तिनवटा पुल निर्माणको शिलान्यास गरेका छन् ।

उनीहरु दुवैजनाले संयुक्त रुपमा विहिवार सर्वप्रथम धनुषाको बटेश्वर र नक्टाझिज जोडने सुखजोर खोलामा बनाइएको १ सय २७.१० मी. लामो पुलको समुदघाटन गरेका छन् । पुलको निर्माण १४ करोड २३ लाख २ हजार ६ सयको लागतमा समपन्न भएको छ । मन्त्री दम्पतीले पुर्व मन्त्री महासेठको निर्वाचन क्षेत्र समेत रहेको धनुषाको बटेश्वरमै थप दुई नयाँ पुल निर्माण कार्यको शिलान्यास समेत गरेका विहिवार नै गरेका छन् ।

बटेश्वर गाँउपालिका वडा नं. ३ र मिथिला नगरपालिका जोडने सुखजोर खोलामै १ सय ५० मी. तथा बटेश्वरको वडा नं. ४ र २ लाई जोडने बिग्ही खोलामा ४० मी. लामो पुलको शिलान्यास गरेका छन् । दुवै पुलको सम्झौता रकम क्रमश २३ करोड र ६ करोड, १३ लाख रहेको छ ।

त्यसै गरि धनुषाको मिथिला विहारी नगरपालिकाको ठेरा स्थित जल्लाद नदीमा ९० मी.को फोरलाइन पुल शिलान्यास आजै गरिएको छ । सम्झौता रकम १३ करोड ८१ लाखमा निर्माण हुन लागेको पुल बनेपछि जनकपुरधाम–धनुषाधाम जोडने मुल सडकमै रहेको पुल संगै दुईवटा पुल हुनेछ ।