महोत्तरी । महोत्तरी प्रहरीले सोमबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ५ सय किलोग्राम मटर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टकाअनुसार जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित भारतीय सीमा नजिकैबाट ३ सय ५० किलोग्राम र सीमा नजिकै रहेको सोही नगरपालिका–६ बाट १ सय ५० किलोग्राम मटर बरामद गरिएको हो । दुवै स्थानमा २० वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।