प्रदेश २ महोत्तरी(मधेश टप): महोत्तरीको पिपरा गाउँपालिका – ४ स्थित पिपरा बजारबाट लागुऔषध गाँजा बिक्री बितरण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको सितामढी बस्ने ३५ बर्षीय मनोज पासवान रहेका छन् । पासवानले लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा बिहिबार बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय सहोडबाबाट खटिएको प्रहरी टोलीले पासवानलाई चेकजाँच गर्ने क्रममा सुर्ती भित्र लुकाई छिपाई राखेको १०० ग्राम गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा र पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाएको छ ।