काठमाडौँ : माघ महिनामा दुई ठूला ग्रहयाेग बन्दै, राजनितीमा झन संकट पुरानाे नीति दाेहाेरिने सम्भावना । खगाेलका साथै ग्रह,राशि तथा नक्षत्र सम्बन्धि खाेज तथा अनुसन्धानमा लाग्ने हरुका लागि हरेक समयमा हुने तारा तथा नक्षत्र हरुकाे परिवर्तन नै महत्त्वपूर्ण मानिन्छ । पृथ्वीले सूर्यकाे परिक्रमा गरिरहेकाे छ भने सम्पूर्ण ग्रहहरुले आ-आफ्नो स्थानबाट साैर्य परिवाकै परिक्रमा नित्यरुपमा गरिरहेका छन् । परिक्रमा गर्ने क्रममा विभिन्न समयमा फरक फरक अवस्था हरु ब्रह्माण्डमा बनिरहेका हुन्छन् ।

अरु वर्ष हरुमा बन्ने खगाेलीय अवस्था भन्दा यसपटक माघ महिनामा बन्न लागेकाे ग्रहहरुकाे अवस्था अनाैखाे र दुर्लभ खगाेलीय अवस्था सृजना हुन लागेकाले पनि खगोल सम्बन्धि अध्ययन गर्ने हरुकालागि याे बिशेश र महत्त्वपूर्ण हुने खगाेलविद् हरुले दावी गरेका छन् ।

के कारणले गर्दा माघ महिना विशेष बन्दै छ?


सूर्य घनु राशिबाट मक्करमा माघ १ गते बिहिवार देखि प्रवेश गरे लगत्तै पाँच ग्रहहरुकाे संयुक्तरूपमा मकर राशिमा भेट भएकाे छ । यसरी पाँच ग्रहहरुकाे एउटै राशिमा उत्तरायण हुनेदिन भेटहुनु नै याे एतिहासिक अवस्था हाे । सूर्य,चन्द्रमा,बुध,बृहस्पति र शनि गरि पाँच आेटा ग्रहहरुकाे भेट हुनुलाई ज्याेतिषी हरुका लागि महत्वपूर्ण दिनका रुपमा रहने छ ।फेरि माघ २९ गते आैंसीका दिन ६ आेटा ग्रह एउटै राशिमा भेट हुने अवस्थाको सृजना हुन लागेकाे छ ।

एउटै महिनामा दुई पटक खगाेलिय अवस्था परिवर्तन हुनुलाई यसले ईतिहास रच्ने याेग निर्माण हुने ज्याेतिषी हरुले दावी गरेका छन् । एउटै राशिमा सूर्य,चन्द्रमा,बुध,बृहस्पति,शुक्र तथा शनिग्रह मक्कर राशिमा भेटहुनुलाई विशेष रुपमा हेरिरहेको छ । यस्ता ग्रहहरुकाे याेग निर्माण भएकाे अवस्थामा विशेषगरी देशमा ठूलै एतिहासिक परिवर्तन हुने सम्भावना रहनेछ । कानुन बिलियाे हुनुपर्ने भन्दै व्यापक जनदबाब हुनेछ । जनताद्वारा प्राप्त जनमतकाे अस्तित्व बिहिन हुनुका साथै पुरानाे राज्य नितिले पुन निरन्तरता पाउने देखिएकाे छ । ६ आेटा ग्रह मक्कर राशिमा हुनाले पूर्वी तथा दक्षिणी देशहरुकाे बर्चस्व कायम रहने देखिएकाे छ ।

आज भन्दा ५८ वर्ष अघिपनि यस्तै ग्रहदशा भएकाबेला देशमा ठूलै परिवर्तन भएकाले पुनः २०१७ सालकाे एकतन्त्रीय शासन लागुहुन सक्ने पनि विगतका अनुभव बाट ज्याेतिषीले जानकारी गराएका छन् । १९९० सालमा अाैंसीका दिन पनि यस्तै ग्रह याेग भएकाे अवस्थामा महाभूकम्प गएकाले सचेत रहन आग्रह गरिएको छ । मानिसले कल्पना नगरेकाे राजनिती घटना पनरावृत्ति हुने सम्भाबना रहेकाे छ । पहेलो धातुमा मुल्यवृद्धि हुनेछ । खाद्यान्न तथा तैलीय पदार्थमा उल्लेख्य मात्रमा मुल्य वृद्धिको सामना गर्नुपर्ने देखिएकाे छ ।


लेखक सुरेश चन्द्र रिजाल” शिव” उनी दक्षिण एसियाली ज्याेतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४