जनकपुरधाम : लक्ष्मीनियाँ गाउँपालिकाका जनमत संग्रह धनुषा जिल्लाका क्षेत्र नं. ४ का क्षेत्रिय उपाध्यक्ष डा. जितेन्द्र कुमार यादव लगायत लक्ष्मीनियाँ गा. पा. जनमत संग्रह पार्टीका सम्पूर्ण टिम तथा सकृय युवा सञ्जाल, धनुषाका पहलमा लक्ष्मीनियाँ गा.पा. वाडा नं. १ सिनुरजोडा टोल बस्ने राम मण्डल कुशल चित्रकारिताको विलक्षण प्रतिभा प्रति आकर्षित भई राम भाइको आर्थिक स्थिति अत्यन्तै दैनीय रहेका अबस्थामा राजर्षि क्याम्पसमा कक्षा ११ र १२ का लागि पूर्ण छत्रवृति प्रदान गरि रामलाई अगाडिको भविष्यको सफल योजनाको कुशल उदेश्य सहियको ध्येयदृष्टि राखि आउने दिनहरुमा समेत अन्य अन्य सहयोगका लागि निरन्तर तत्पर रहने लक्ष्य साथ भविष्यका लागि शुभकामना छ राम भाइ लाई, साथै जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरुलाइ शंदेश कि अझै पनि हामी सँग सामाजिक सहयोगको पाटोमा सँगै हिड्न अनुरोध छ ।

सँगै नहिडे पनि कम से कम हाम्रो देखासिकि बाट पनि प्रभावित भएर राम्रो काम गर्ने प्रेरणा पाउन अपेक्षाकृत छु । जितेर सरकारमा पुगेपछि मात्र विकास वा जनताको सेवा गर्ने कु मनोवृत्तिको त्याग गरि सुविवेकको प्रयोग अंगाल्न अनुरोध छ, जनतालाई बधुवा पशु तुल्य दर्जा दिने प्रथाको अन्त्य गरौ ।