काठमाडौँ । छिमेकी मुलुक भारतले नेपाललाई अनुदानमा १० लाख कोरोना बिरुद्धको खोप दिने घोषणा गरेको छ । आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमा उपस्थित भारतीय राजदुत विनयमोहन क्वात्राले उक्त घोषणा गरेका हुन् ।

ती खोपहरु भोली नेपाल आईपुग्ने छन् । यी दश लाख डोज बाहेक अन्य खोपहरु भने पैसा तिरेर मात्रै नेपालले ल्याउन पाउने बताईएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी उपस्थित थिए ।


अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।
नेपाल सरकारले अक्सफोर्ड(अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।
यस अघि माघ २ गते दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा पनि खोपका बिषयमा कुराकानी भएको थियो ।