सिड्नी। अष्ट्रेलियाको न्यु साउथ राज्यमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १७ हजार ४ सय ३१ जनामा कोरोना परिक्षण गरिएको थियो। जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमित अन्तर्राष्ट्रिय यात्री हुन्। न्यु साउथ वेल्समा हाल समुदाय स्तरमा नयाँ संक्रमितको संख्या शुन्य कायम रहेको छ।