• राजेन्द्र महतो

लहान । सिरहाको गोलबजार न . पा.-३ गागन खोलाबाट बिहीबार प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार न.पा. २ का २२ बर्शिय राकेश कुमार साह र सिरहा मिर्चैया न.पा. ८ का २७ बर्शिय अनिल शर्मा रहेका छ्न।

विशेष सूचनाको आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा र ई.प्र.का.गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार न.पा. ३ गागन खोला स्थित चेक जाँच गर्ने क्रममा गोलबजार बाट लहान तर्फ स ७ प ५७१२ नं. को पल्सर मो.सा. र स १० प ५५२२ नं. को FZS मो.सा.मा बिक्री वितरणको लागि लादै गरेको सिरहा गोलबजार न.पा. २ का २२ बर्शिय को राकेश कुमार साह र सिरहा मिर्चैया न.पा. ८ का २७ बर्शिय अनिल शर्माको साथबाट DIELEX – DC ३४ बोत्तल ,Diazepam ईन्जेक्सन ४५ एम्पुल, Noophin ईन्जेक्सन ४५ पिस,Phenergan ४५ पिस,Spasmoproxyron४८ पिस, Nitravet Tablets १४९७ पिस लागु औषध बरामद गरि पक्राउ गरिएको प्रहरी ले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई ई.प्र.का. गोलबजार सिरहामा राखि घटना सम्बन्धमा थप अनुस्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।