काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीको नेतृत्वमा आज माइतीघर मण्डलामा अहिंसात्मक नागरिक प्रदर्शन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा डा. केसीको नेतृत्वमा आज मध्यान्ह १२ बजे शान्तिपुर्ण प्रदर्शन हुन लागेको हो ।

प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न प्रदर्शन गर्न लागिएको केसी निकट व्यक्तिहरूले जानकारी दिएका छन्‌। प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद्‌ विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि उनी इतरका पक्षले आन्दोलन गरिरहँदा नागरिक अभियान्तहरु पनि सो कदमको विरोधमा उत्रिएका छन् ।

​चिकित्सा क्षेत्रको सुधारका निम्ति पटकपटक सत्याग्रहमा बसेका डा. केसी पछिल्लो समय राजनीतिक उद्देश्यका अभियानमा समेत सक्रिय हुँदै आएका छन् ।