काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ९९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

आज ३ सय ८६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६९ हजार १ सय ८० संक्रमित भएपनि २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ४ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।