जनकपुरधाम : धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिजमा रहेको श्री हिमालय युवा क्लब र श्री हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा हुनु अघिदेखि नै हप्ताब्यापी कार्यक्रम अन्तर्गत भएको दौड प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय नक्टाझिज कक्षा-१० मा पढ्ने छात्र अमित कुमार राय प्रथम भएको थियो भने दितिय तर्फ सोहि जनता मा. वि कै विधार्थी उमेश श्रेष्ठ भयो। त्यस्तै छात्रा तर्फ भएको दौड प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान ल्याउन सफल नक्टाझिज कै जनता माध्यमिक विद्यालय नै हो। त्यस्तै अर्को प्रतियोगिता अन्तर्गत चित्रकला प्रतियोगिता मा प्रथम र द्वितीय स्थान जनता माध्यमिक विद्यालय कै छात्र-छात्राले ल्याउन सफल भए। अर्को कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियागिता अन्तर्गत प्रथम, तृतीय र सान्त्वना पुरस्कार हासिल गर्न सफल बारम्बार जनता माध्यमिक विद्यालय नै भयो । जाबोकि उक्त कार्यक्रममा श्रिरेशवरनाथ नगरपालिका, वटेशवर गाउँपालिका र मिथिला नगरपालिका लगायत का ठाउँबाट सहभागी विभिन्न विधालय , क्लब र बाल क्लबहरुको सहभागिता रहेको थियो।

तिनवटै कार्यक्रममा ९५% विधार्थीहरु जनता माध्यमिक विद्यालय कै छात्र-छात्राहरुले विजय हासिल गर्न सफल भएका छन्। सो विषयलाई लिएर स्थानीय पत्रकार विनोद महतो आफ्नो फेसबुक आईडी मा लेख्नुहुन्छ कि जनता माध्यमिक विद्यालय दिनप्रतिदिन प्रगति को बाटो लाग्दैमा गईरहेको छ, गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कुरा हामी समझ प्रष्ट देखिन्छ। यो विद्यालयको पहिलाको अवस्था भन्दा सतप्रतिशत सही ढंगले चलिरहेको र सो विधालय लाई अझैं प्रगति बाटोमा जान भए । यसमा हिमालय युवा क्लब र गाउँबासी को पुर्न रुपमा सहयोग र साथ रहेको बताए। यो कार्यक्रम हुनुभन्दा अघि नेपाल रेडक्रस शाखा धनुषा बाट भएको चित्रकला प्रतियोगिता मा पनि यसै विधालय बाट प्रथम, द्वितीय तृतीय र सान्त्वना पुरस्कार हासिल गरेका थिए।

त्यतिकैमा समिति नभएर केहि दिन अघि धनुषाको श्रिरेशवरनाथ नगरपालिकाले आयोजना गरेको जिल्ला/पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा पनि जनता माध्यमिक विद्यालयले नै प्रथम बाहेक द्वितीय तृतीय र सान्त्वना पुरस्कार यहि विधालयले जिल्ला/पालिका स्तरीय प्रतियोगिता जित्न सफल भए। आज हिमालय युवा क्लब र हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हप्ताव्यापी कार्यक्रम अन्तर्गत भएको दौड , हाजिरी जवाफ र चित्रकला प्रतियोगिता विजेता विधार्थीहरुलाई पुरस्कार दिइएको छ।

मन्तव्यको क्रममा मिथिला नगरपालिका वार्ड नं-२ का वाडा अध्यक्ष बिहारी महतो ले भने नक्टाझिज मा रहेको जनता माध्यमिक विद्यालयले बोडिङ्ग स्कुलहरुको सामाना गर्दै आगाडि बढिरहेको छ र बोडिङ्ग स्कुल भन्दा गुणस्तरीय शिक्षा दिईरहेको छ। छोटो समयमै जनता मा. वि. ले प्रगतीको बाटो तिर सफल हुदै गएको कुरा बताए र उनले भने जनता मा. वि. छोटो समयमै प्रगति, गुणस्तरीय, अनुशासन, र समृद्धिको बाटो तर्फ लागेको एउटै कारण हो विधालयको वर्तमान प्रधानध्यापक श्याम कुमार यादव। मन्तब्य कै क्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादव सरले जोडदार रूपमा भने कि विधालयमा गुणस्तरीय शिक्षा दिन्छु,यसमा हिमालय युवा क्लब र गाउँबासी को विशेष साथ र सहयोग चाहिएको कुरा बताए। यादवले भने तपाई आ-आफ्नो केटाकेटीहरुलाई विधालय सम्म मात्र पुगाइदिनुस, बाकिँको काम हाम्रो। बाहिरी क्रियाकलाप जस्तै उक्त प्रतियोगिताहरु गराउन आगामी दिनमा फेरि होस र यसमा जनता माविको पुर्ण रुपमा साथ र सहयोग रहने कुरा प्रतिबद्धता गर्नुभयो।

साधारणसभाको अवसरमा मिथिला नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विहारी महतो, क्लवको कानुनी सल्लाहकार तथा अधिवक्ता कालेश्वर महतो, जनता मावि नक्टाझिजका प्रअ श्याम यादव, दर्शनिया रामेश्वरसिंह कुशवाहा एकेडमीका प्रिन्सिपल जगदिश प्रसाद सिंह, कविल बाल आश्रमका संचालन आलोक बाबा, नेतृ तारा महतो, ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका अध्यक्ष संगम कुमारी महतो, समाजिक अभियन्ता फुलगेन मगहि लगायत विभिन्न क्षेत्रका वक्ताहरुले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए । साधारणसभा कार्यक्रमको उद्घोषण क्लवका सचिव शिवकुमार सिंहले गरेका थिए । यता साधारणसभा अन्तर्गत भएको रक्तदान कार्यक्रममा २९ जना महिला पुरुषले रक्तदान गरेका छन् ।

त्यस्तै साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम पनि गरिएको थियो । सो अवसरमा क्लवद्धारा सम्पन्न विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विभिन्न प्रतियोगिताहरुमा सहभागी संघसंस्था, बाल क्लव, विद्यालय र युवा क्लवका प्रतियोगी तथा विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार तथा शिल्ड र स्टेशनरी सामग्री वितरण गरिएको छ । नक्टाझिज विश्वकर्माचौस्थित क्लवको प्राङ्गणमा भएको उक्त सबै कार्यक्रमहरु हेर्न हजारौंको संख्यामा स्थानीयबासी तथा अतिथिगणहरुको उपस्थिति रहेको थियो ।