• राजेन्द्र महतो

लहान माघ १३ गते ।सिरहामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट सिरहा कर्जान्हा नगरपालिका-२ का संजिप सुनामको   ८ बर्शिय छोरा साजन सुनामको मृत्यू भएको हो। आइतबार दिउँसो : १:३०बजे सिरहाको कर्जन्हा नगरपालिका-२ स्थित पि.भि.एम बोर्डिङ्ग स्कुलको बसले ठककर दिदा स्थानिय संजिप सुनामको छोरा  ८ वर्ष काे साजन सुनामको मृत्यू भएको स्थानिय जनाएको छ। बालकलाई ठक्कर दिएको बस र विद्यालय कर्जन्हा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष गणेश अधिकारी को रहेको बताइएको छ। बस र बस चालक इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको र घटना सम्बन्ध मा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया ले जनाएको छ।