• नरेन्द्र महताे

गौशाला : गौशाला नगरपालिका ११ स्थित नेपाल राष्टिय आधारभुत (0-8) विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतोले दिवा खाजावापतको रकम व्यक्तिगत काममा खर्चिएको पाईएको छ । विद्यालयमा मंगलवार बसेको अभिभावकहरुको भेलाको वीच सो कुराको खुलासा भएको हो । दिवाखाजाको लागि नगरपालिकाले उपलब्ध गराएको १ लाख ७६ हजार ४ सय रकममध्ये विद्यालयका प्रधानाध्यापक महतोले ८७ हजार रकम व्यक्तिगत रुपमा खर्च गरेको पाईएको हो । प्रधानाध्यापक महतोले सो रकम समितीलाई जानकारी नदिईकन व्यक्तिगत रुपमा खर्चिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपेन्द्र कुमार महतोले जानकारी दिनुभयो ।

विद्यालयमा हुँदै आएको आर्थिक कारोवारका सम्बन्धमा प्रअले कुनै पनि किसिमको राय सल्लाह नलिएको अध्यक्ष महतोले गुनासो गर्नुभयो । गत बर्षको दिवाखाजावापतको वाँकी रहेको ४४ हजार रकम लगायतका आर्थिक कारोबारको सम्बन्धमा आफुले वारम्वार रकम पारदर्शिताको लागि तकेदा गर्दा समेत प्रअ महतोले कुनै सुनवाई नगरिकन मनोमानी ढंगले विद्यालयमा आर्थिक कारोबार गरेको अध्यक्ष महतोले जानकारी गराउनुभयो । विद्यालयको खातामा रहेको रकममध्ये आफुले व्यक्तिगत रुपमा पैसा खर्चिएको प्रधानाध्यापक महतोले स्वीकार गर्नुभयो । आफुले दिवाखाजावापत प्राप्त भएको रकममध्ये ३ जना शिक्षकहरुलाई ४ महिनाको तलव खुवाईएको प्रधानाध्यापक महतोले बताउनुभयो । वाँकी रहेको रकम आफु विरामी परेकोले उपचारको लागि खाताबाट रकम निकालिएको महतोले बताउनुभयो ।

पैसा फिर्ता गर्ने र आर्थिक पारदर्शिता गर्ने सहमति सोमबार विद्यालयको खाताबाट पैसा निकालेको खवर पाएपछि विद्यालय व्यवस्थापन समिती लगायत अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरि रकम पारदर्शिताको माग कडा रुपमा उठाईएको थियो । मंगलवार शिक्षा शाखाका पुरुषोतम अधिकारीको उपस्थितीमा भएको अभिभावक र प्रधानाध्यापक लिखित रुपमा सहमति भएपछि विद्यालय संचालन गर्ने निणर्य गरिएको हो । प्रधानाध्यापक देवनारायण महतोले अबको एकसाताभित्र आफुले सम्पूणर् रकम चुक्ता गर्ने लिखित प्रतिवद्धता जनाउनुभयो । त्यस्तै यसै माघ मसान्तभित्र हिसावकिताब पारदर्शि गर्ने लिखित रुपमा प्रतिवद्धता जनाउनुभएको हो । श्रीमान श्रीमती नै खाताधारी नेपाल वैक लिमिटेड गौशाला शाखामा विद्यालयको नाममा रहेको खातामा प्रधानाध्यापक दम्पति नै खाताधारी रहेको छ । विद्यालयमा ९ जना शिक्षकहरु कार्यरत रहेतापनि सो विद्यालयको खातामा प्रधानाध्यापक देवनारायण महतो र उहाँकी श्रीमती रामदुलारी महतोको नाममा खाता रहेको छ ।

उहाँ दुवै जनाको नाममा खाता रहेको र पैसा निकाल्नका लागि पनि दुवै जनाको सही चलेपछि मनोमानी ढंगले आर्थिक कारोवार संचालन गर्दै आएका छन । मोवाईलकै कारण पढाई गुणस्तर हुन सकेन ः प्रधानाध्यापक महतो विद्यालयको पठनपाठन कमजोर भएको अभिभावकको प्रश्नको जवाफमा प्रधानाध्यापक देवनारायण महतोले कक्षाकोठाभित्र एक शिक्षिका मोवाईलमै व्यस्त भएपछि पढाई कमजोर भएको स्वीकार गर्नुभयो । अभिभावकभेलाकाबीच प्रधानाध्यापक महतोले विद्यालयकी शिक्षिका सुनिता कुमारी महतो वी को नामै किटान गरि कक्षाकोठामा पुरा समय मोवाईलमार्फत कुराकानीमा व्यस्त रहेको आरोप लगाउनुभयो । यस विषयमा शिक्षिका सुनिता कुमारी वी सँग सोध्दा उहाँले यसप्रति आपति जनाउनुभएको हो । उहाँले भन्नुभयो म कहिल्यै विद्यालयमा मोवाइल लिएर आउदिन । म कसरी विद्यालयमा मोवाईलमै व्यस्त रहयो त ।

तपाईहरु विद्यालयमा आएर विद्यार्थी र अन्य शिक्षकहरुसँग यो विषयमा सोध्न सक्नुहुनेछ । यो वैठकमा मात्रै होईन प्रअ महतोले हरेक बैठकमा म माथि आरोप लगाउनुहुन्छ शिक्षिका महतोले बताउनुभयो । यसै आरोपका कारण मैले गतबर्ष मंसिर १ गते नगरपालिकाको कार्यालयमा सरुवाको लागि निवेदन दर्ता गराउँदा समेत अहिलेसम्म सरुवा हुन नसकेको महतोले प्रतिक्रिया दिनुभयो । अव चाँडो भन्दा चाँडो मेरो सरुवा हुनपर्यो । प्रअ महतोले आफनै भाईवुहारी माथि यसरी मोवाईलको आरोप लगाएका हुन । शिक्षिका सुनिताले विद्यालयमा भएको गतिविधी सुक्ष्म रुपमा अनुसन्धान गरि कडा रुपमा कदम उठाई शैक्षिक गुणस्तर सुधार गर्नका लागि सर्वसधारणमसक्ष अनुरोध गर्नुभएको हो । एकै परिवारका शिक्षक शिक्षिका कार्यरत उपेन्द्र महतोले सर्वप्रथम सो स्थानमा विद्यालय संचालनका लागि साढे तीन कटठा जग्गा उपलब्ध गराउनुभएको थियो । पछि उपेन्द्रका बुवा रामप्रसाद महतोले आफनो जिविकामार्फत १४ कटठा जमिन विद्यालयको नाममा दान गर्नुभयो ।

सो विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत रहनुभएका देवनारायण महतो जग्गादाता रामप्रसादको माईलो छोरा हुन । त्यस्तै देवनारायणकी श्रीमती रामदुलारी महतो विद्यालयमा सहायक प्रधानाध्यापकको रुपमा कार्यरत रहेकी छिन । सोही विद्यालयमा राहततर्फमा कार्यरत रहेकी सुनिता कुमारी वी प्रधानाध्यापक महतोकी भाईबुहारी हुन । प्रधानाध्यापक महतोकी भान्जी सुनिता कुमारी ए स्थायी शिक्षिकाको रुपमा कार्यरत रहेकी छिन । नेपाल शिक्षक महासंघ गौशाला नगर उपाध्यक्ष समेत रहेकी सुनिता बीका अनुसार आफुले गत बर्ष मंसिरमा सरुवाका लागि नगरपालिकालाई लिखित रुपमा सरुवाको आग्रह गर्दा समेत नगरपालिकाले कुनै सुनवाई नगरेको प्रतिक्रिया जनाउनुभयो ।

सरुवा प्रक्रियागत रुपमा रहेको ः शिक्षा शाखा यस सम्बन्धमा गौशाला नगरपालिका शिक्षा शाखाका पुरुषोतम अधिकारीका अनुसार प्रधानाध्यापक देवनारायण महतोको सरुवाको सम्बन्धमा नगरपालिकामा लिखित रुपमा दर्ता भएकोले अव प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । अब प्रक्रिया अनुसार नै सरुवा र खाताधारी परिवर्तन गरिने अधिकारीले बताउनुभयो ।