काठमाडौं । कुखुरा, हाँसलगायत पंक्षीमा संक्रमण फैलिने बर्ड फ्लू तारकेश्वर नगरपालिकाका पंक्षीहरूमा भेटिएको छ । भारतको विभिन्न राज्यहरुमा फैलिइरहेको बर्ड फ्लू फुटुङका स्थानीयले पालेको टर्की र हाँसमा पनि भेटिएको हो ।

रोग देखिएकाे क्षेत्रका घरपालुवा पंक्षी  बट्टाइ, हाँस, टर्की, कुखुरालगायत २५ सय पंक्षी नष्ट गरिएकाे विभागले जनाएकाे छ ।

पशुसेवा विभागले शनिवार विज्ञप्ति निकाल्दै बर्ड फ्लू फैलिने थप खतराबाट बच्नका लागि पंक्षी फार्म परिसरमा सुरक्षाका विधिहरु अपनाउन आग्रह गरेको छ ।

https://drive.google.com/file/d/128VxWwl6hHLorECrnXsOc1QTkCpeSLu6/view