• धनवीर महतो

गौशाला । महोत्तरीको गौशालामा पहिलोपटक शहिद शेखर स्मृति नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ ।

सोमबार गौशाला नगरपालिका ८ बेलगाछीको खेलमैदानमा एक समारोहकाबीच सो प्रतियोगिता शुरु भएको हो । शहिदहरुको स्मृतिमा नगरपालिकाले ट्ष्ट निर्माण गरिने उदघाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख शिवनाथ महतोले बताए । शहिदहरुको सम्मानमा ट्ष्ट स्थापना गर्न आग्रह गर्नुहुँदै नगरप्रमुख महतोले सो ट्ष्टमा १० लाख बराबरको रकम सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुदमा हारजित निश्चित रुपमा हुने भएकोले अनुशासित, मर्यादित र नियमपुर्वक खेल खेल्नका लागि आग्रह गर्नुभयो ।

एक अर्को प्रसंगमा महतोले युवाहरुको सहयोगका लागि नगरपालिका हरपल तयार रहेको धारणा राख्नुभयो । आज भएको खेलमा बिरगंज एफ.सी. पर्साले मुलाबारी एफ.सी. धनुषालाई एक गोल र मुलाबारी एफ.सी. धनुषाले बिरगंज एफ.सी. पर्सालाई चार गोल हानी मुलाबारी एफ.सी. धनुषा विजयी हात पारेको छ ।