• नरेन्द्र महताे

गाैशाला १५ हजार रकम सहित १ जना शसस्त्र प्रहरी हवलदार पक्राउ । १९ गते सोमबार महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित निगौलचौकबाट १५ हजार रकम सहित १ जना शसस्त्र प्रहरी हवलदार पक्राउ परेका छन ।

सोमबार साँझ करिब ५ बजेको समयमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित वडा नं. १मा रहेको शसस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत शसस्त्र प्रहरी बरिष्ठ हवलदार श्रवण बस्नेत १५ हजार रकम सहित पक्राउ परेका छन ।

बर्दिवास स्थित अख्तियार का टिकाराम भण्डारीको नेतृत्वमा खटेका टोलीले ना. १ झ ८६४ नं.को बेस क्याम्पको भ्यान सहित पक्राउ गरेको हो । बस्नेतले दाउरा सहजीकरण गरी दिने भनी उक्त रकम लिने क्रममा पक्राउ परेको हो । प्रकाउ परेका हवलदार अनुसान्धन भईरहेकाे अख्तियारले जनाएका छन ।