मधेश टप रिपोर्टर
जनकपुरधाम, माघ २१ :
– भोली घोषित देश व्यापी आमहडतालको पुर्व सन्ध्यामा नेकपा प्रचण्ड–नेपाल समुहले जनकपुरधाममा मशाल जुलुश प्रदर्शन गरेको छ । तत्कालिन माओवादी केन्द्रको जनकपुरधाम स्थित पार्टी कार्यालयवाट निकालिएको मशाल जुलुश प्रह्रीले हस्तक्षेप गरि निभाएका छन् ।

भोलीको नेपाल बन्दलाई सफल पार्न आँझ साँझ निकालिएको मशाल जुलुश जनकचौकमा पुग्दा प्रहरीले हस्तक्षेप गरि निभाएका छन् । मशाल निभाउने क्रममा प्रह्री र प्रदर्शनकारी बिच बाझाबाझ समेत भएको छ । नेकपा समुहले शुक्रवार ओली समुहले काठमाण्डौंमा गर्न लागेको शक्ति प्रदर्शनलाई निष्तेज गर्न विहिवार नेपाल बन्दको आवहान गरेको छ ।