जनकपुरधाम : विभिन्न ८ सुत्रिय मागसहित अखिल नेपाल सरकारी अस्थायी तथा ज्यालादारी कर्मचारी श्रमिक संघले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।

साेमवार करार सेवामा कार्यरत कर्मचारीहरुलाई योगदानमूलक सामाजिक सूरक्षा (विमा, अवकाश कोष ) योगदानमूलक सामाजिक सूरक्षा (उपदान, उपचार खर्च वा यस्तै प्रकारका अन्य उपयूक्त विषय) को प्रवन्ध मिलान लगायतका माग गर्दै संघले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

साे ज्ञापनपत्रमा आफ्ना मागहरुलाई सम्बोधन गर्दै नेपाल सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेट वक्तव्य बुँदा नम्बर २८६ मा समेत सम्पूर्ण अस्थायी तथा करार कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सूरक्षा कोषमा आबद्ध गराउने घोषणा र सर्वाेच्च अदालतले आदेश दिईसकेकाे अवस्थामा कार्यान्वयन नहुंदा अधिकार हनन भएकाे ठहर गरिएकाे छ ।

ज्ञापनपत्र बुझाउंदै कर्मचारीहरूले मुख्यमन्त्री राउतलाई संघ सरकारमाे निर्णय र सर्वाेच्चकाे आदेश कार्यान्वयनका लागि न्यायोचित पहल गरिदिन आग्रह गरेको अखिल नेपाल सरकारी अस्थायी तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्रदेश २ का अध्यक्ष लालबाबु यादवले जानकारी दिएका छन ।