महोत्तरी : प्रधानमन्त्रीको असंबैधानिक सांसद बिघटनको बिरोधमा जनता समाजबादी पार्टी नेपाल द्वारा बुधबार महोत्तरीको विभिन्न ठाउमा मसाल जुलुस प्रदर्शन गरिएको छ। जिल्लाको गौशाला नगरपालिका, सम्सी गाउपालिका, बल्वा नगरपालिका, जलेश्वर नगरपालिकामा मसाल जुलुस प्रदर्शन गरिएको छ।  गौशाला नगरपालिकामा जसपा नेपालको नगर संयोजक कुमर कान्त झाको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो। 

उक्त जुलुस गौशाला जिरोमाइलबाट हुदै गौशाला बजारलाई परिक्रमा गर्दै गौशालाको ब्रहम्स्थान नजिक रहेको पार्टी कार्यालयको अगाडी कोणसभामा परिणत भएको थियो। मसाल जुलुसमा जसपाका केन्द्रीय सदस्य देवनरायन महतो, क्षेत्रीय अध्यक्ष उपेन्द्र महतो, बिनोद महतो, युवा नेता लाले लामा, दिपलाल माहतो सहभागी भएका थिए। त्यस्तै सम्सी गाउपालिकाको सम्सी बजार परिक्रमा गरि सम्सी चौकमा कोनसाभामा गरिएको थियो। सम्सिमा भएको मसाल जुलुसमा आन्तरिक मामिला तथा कानुन मन्त्री सरोज सिह कुशवाहा, प्रदेश सासंद कौशल यादव,  गगन देव यादव, मुक्तीनाथ यादव सहभागी भएका थिए।

बल्वा नगरपालिकामा भएको मसाल जुलुसमा प्रदेश सासंद जयनुल राइन तथा सुरिता साह, युवा नेता अशोक यादव लगायत हजारौको संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए।  जुलुसमा केपी ओली मुर्दाबाद, सांसद पुन:स्थापन गर लगायतको नारा लगाइएको छ ।

गौशाला नगर संयोजकले आफ्नो मतव्य दिदै भने “देशको बिकास र सुख संवृद्धिमा अवरोध पुर्याउने जो कदम चालिएको छ, यस्ता कदमहरुको लागि हामीले पहिला पनि सडकबाट नै आवाज उठाएका थियौ र आज पनि हामी त्यसको लागि पछाडी हट्ने छैनौ । आफ्नो पार्टीको विवाद लिएर देशको संघियतालाइ नै संकटमा पर्ने कदम जो चालिएको छ, सांसद बिघटन पुन :स्थापना हुनुपर्छ”।