जनकपुरधाम :  जनता समाजवादी पार्टी नेपाल द्वारा धनुषाको लक्ष्मीनियाँमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा जसपा नेपाल बिरोध गरेको छ ।

नेकपा तथा प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरुधमा जसपा नेपालद्वारा विभिन्न चरण कार्यक्रम घोषणा गरिएको थियोे ।

त्यसै अनुरुप आज जनता समाजवादी पार्टी नेपालका केन्द्रिय, प्रदेश तथा स्थानीय नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा धनुषाको लक्ष्मीनियाँ बजारबाट सिनुरजोडा, सोहनी,बैनगमा, गजरिया, बगेवा, भागबतिपुर गएको र लक्ष्मीनियाँ बजार स्तिथ  कोणसभा गरेको थियो ।

 जसपा नेपाल जिल्ला धनुषा लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षद्वय घनश्याम यादव  र शत्रोहन यादवको  नेतृत्वमा जसपाका केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा पालिका सदस्यहरु स्थानीय नेता तथा कर्याकर्ताहरु लगायत सहभागितामा मोटरसाइकल र्याली  सम्पन्न भएको छ । यस र्यालीमा सहभागिता होनिहार यस लक्ष्मीनियाँ गाउँपालि जसपा पार्टीका अध्यक्ष बिंदेस्वर यादबको उपस्थिति रहेको थियो ।